• २५ भदौ २०८३, बिहीबार
  • ९ः२१ राती

घुससहित पक्राउ परेका वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार १२:४८

२१ माघ २०७८, काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनी घुससहित पक्राउ परेका थिए । दुई लाख रुपैयाँ विगोसहित महर्जनविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

National Life

महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । उनलाई अख्तियारको टोलीले गत भदौ २१ गते दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।


आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार अनुसन्धानको क्रममा महर्जनले सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया