• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

दुई वर्षपछि आज भेट्दै सी जिनपिङ र भ्लादमिर पुटिन

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार ११:००

माघ २०७८, काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ। युक्रेनलाई लिएर पश्चिमा मुलुकहरुसँग रसियाको तनाव बढिरहेका बेला यो भेट हुन लागेको हो।


कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोडेका छैनन्। तर, अहिले भने उनले विश्वका २० भन्दा बढी नेताहरुलाई स्वदेशमा भेट्न पाउने भएका छन् । बेइजिङ ओलम्पिकले यस्तो अवसर जुटाइदिएको हो।

Kamana Sewa

पुटिन र सीबीच राजधानी बेइजिङमा शुक्रबार भेट गर्ने कार्यक्रम छ। भेटअघि दुबै देशहरुले सुरक्षा र अन्य विषयमा उनीहरुको साझा धारणा झल्किने एउटा संयुक्त विज्ञप्ति जारी गर्नेछन्। त्यसपछि दुबै नेता शुक्रबार साँझ सुरु हुने ओलम्पिक खेलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्।

Classic Tech Desktop

पश्चिमा मुलुकहरुसँगको तनावसँगै पछिल्ला दिनमा रुस र चीनबीचको सम्बन्ध मजबुत बनेको छ। ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागिताको पुष्टि जनाउने पुटिन पहिलो विदेशी नेता हुन्। डिसेम्बरमा सीसँगको फोन वार्तामा बेइजिङसँगको नमुना सम्बन्धको पुटिनले प्रशंसा गरेका थिए।


युक्रेन मामिलामा अमेरिका र रुसबीच तनाव बढिरहेका बेला चीनले रुसको समर्थन गरेको छ।

प्रतिकृया