दूधको मूल्य साढे ६ रुपैयाँ बढ्यो
प्रकाशित मिति
२०७८ माघ १८ गते, मंगलवार ०७:४७
१८ माघ २०७८, काठमाडौँ : सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ चार पैसा कायम गरेको हो । यसअघि दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा थियो । किसानले लामो समयदेखि दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार किसानको माग अनुसार दूधको मूल्य सरकारले बढाएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्य नउठेको भन्दै बढाउन दबाब दिएको थियो ।
त्यसपछि गठन भएको अध्ययन समितिको सुझाव अनुसार मन्त्रालयले दूधको मूल्य बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको हो । दूधको मूल्य साढे दुई वर्षयता समायोजन भएको थिएन । यसअघि हरेक वर्ष मूल्य समायोजन हुँदै आएको थियो ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया