• ४ साउन २०८३, सोमबार
  • १०:४४ बेलुका

उपत्यकाका सिडीओहरुको बैठक बस्दै, जोर बिजोरलाई व्यवस्थित बनाउन छलफल हुने

प्रकाशित मिति

२०७८ माघ १४ गते, शुक्रबार १२:१०

१४ माघ २०७८ काठमाडौं : कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । आज शुक्रवार मध्यान्ह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक राखिएको छ ।


काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल गरेर निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानाकारी दिए ।

Kamana Sewa

त्यस्तै, अहिले तत्काल जोरबिजोर हटाउने निर्णय नगर्ने र व्यवस्थित कसरी गर्ने भन्नेबारे ललितपुर र भक्तपुर जिल्लाको पनि फिडव्याक लिएर निर्णय लिने उनले बताए ।

Classic Tech Desktop

उनका हनुसािर शनिवार नेपाल र मौरिसस बीच हुन लागेको फुटबल प्रतियोगितामा दर्शक पनि उपस्थित गराउने गरी अनुमति दिन अखिल नेपाल फुटबल संघले स्थानीय प्रशासनलाई गरेको आग्रहबारे पनि बैठकमा छलफल हुने छ ।

प्रतिकृया