• ४ साउन २०८३, सोमबार
  • ९:२८ बेलुका

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७८ माघ १२ गते, बुधबार ०३:००

२ माघ २०७८, काठमाडौं : मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका ७ घर भई हाल चितवन भरतपुर महानगरपालिका १ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।


बैतडी घर भएकी १४ वर्षीया बालिका माघ ७ गतेदेखि घरबाट सम्पर्कबिहीन भएको घटनाको अनुसन्धान एवम् खोजतलास गर्ने क्रममा पर्सा वीरगंज महानगरपालिका(१६ स्थित शंकराचार्य गेट हुँदै भारततर्फ लैजान लागेको अवस्थामा बालिकालाई फेला पारी माइती नेपाल संस्थाको समन्वयमा प्रहरीले उद्धार गरेको थियो ।

Kamana Sewa

साथै ती बालिकाको साथमा रहेका अधिकारीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्दा अधिकारीले बालिकासँग १ महिना अघिदेखि फोनमार्फत चिनजान गरी भेट्न बोलाई अर्घाखाँची लगि विवाह गर्ने भनी विभिन्न स्थान हुँदै झुक्याई वीरगंज बसपार्कसम्म ल्याई ईनर्वा नाका हुँदै भारततर्फ बेचबिखन गर्न लैजान लागेको खुल्न आएको प्रहरीले बताएको छ ।

Classic Tech Desktop

उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिकृया