• २२ भदौ २०८३, सोमबार
  • १ः३१ दिउँसो

आज चौथो दिन नेप्से ३८.३५ अंकले गिरावट

प्रकाशित मिति

२०७८ माघ ५ गते, बुधबार ०३:२५

५ माघ २०७८, काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार उच्च अंकले घटेको छ । आज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमा रोकिएको हो ।

National Life

त्यस्तै, आज कारोबार रकममा पनि घटेको छ । आज ६ अर्ब २ करोड १३ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ ।


आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ भने बुद्धभुमी नेपाल हाइड्रोपावर शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८७.८० रुपैयाँ पुगेको छ ।

Classic Tech Desktop

त्यस्तै, आज घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नतको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २० करोड ३२ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिकृया