विभिन्न पदमा हालै पदोन्नति भएका २२ जना प्रहरी अधिकृतहरु दर्ज्यानी
प्रकाशित मिति
२०७८ माघ ३ गते, सोमबार ०८:०५
३ माघ २०७८, काठमाडौँ : पदोन्नति भएका २४ जना प्रहरीहरुमध्ये आज सोमबार २२ जना दर्ज्यानी चिन्हद्वारा सुशोभित भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह सुशोभन गरेका हुन् ।
दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्रहरी नायव महानिरीक्षक पूजा सिंह, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई राम कुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायव उपरीक्षकहरु र १४ जना प्राविधिक प्रहरी निरीक्षकहरु रहेका छन् । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी वहन गर्न क्रियाशिल हुनुपर्ने उल्लेख गरेका छन् ।
कोभिड १९को बढ्दो संक्रमणप्रति संवेदनशील एवम् चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै उनले समाजमा हुन सक्ने सुरक्षा चुनौतिप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशिल हुनुपर्नेमा जोड दिएका छन् ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पूजा सिंहले पदोनन्तिसँगै थपिएको जिम्मेवारीलाई संगठनको गरिमा र महत्वलाई अझ सक्षम, सबल र सुदृढ बनाउन अग्रसर भई आआफ्नो स्थानबाट निष्ठापूर्वक र ईमान्दारीताका साथ खटिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया