• २२ भदौ २०८३, सोमबार
  • ९ः२१ राती

मनाङका ६१ घरपरिवार बाढीपीडितलाई प्रदेश सरकारको राहत

प्रकाशित मिति

२०७८ माघ २ गते, आईतवार ०९:३३

२ माघ २०७८, काठमाडौँ : गण्डकी प्रदेश सरकारले मनाङका बाढीपीडितलाई दुई लाख राहत उपलब्ध गराएको छ । प्रदेश सरकारले विशेष प्याकेज अन्तर्गत ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नासों गाउँपालिकाको ३९, चामे गाउँपालिकाको ९, नार्पाभूमि गाउँपालिकाको ७ र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको बताए ।

National Life

उनकाअनुसार गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ भए पनि ३९ जनाले दुई लाख रुपैयाँका दरले राहत पाएका छन् पाँच जनाको भेरीफाई हुन बाँकी भएकाले राहत प्रदान गरिएको छैन । प्रदेश सरकारले क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन उक्त रकम बाढीपिडितलाई प्रदान गरेको हो । प्रदेश सरकारबाट जिल्लाभरका ७४ लाभग्राहीका लागि एक करोड ४८ लाख रुपैयाँ बजेट आएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।


प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार एक लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप एक लाख गरी दुई लाख रुपैयाँ आएको उनले बताए। उनकाअनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि आएको हो। संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको बताए। मनाङमा पुननिर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया