• २३ भदौ २०८३, मंगलबार
  • ९ः२७ राती

सेञ्चुरी क्यापिटल मार्केट्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०५:२८

३० पुस २०७८, काठमाडौँ :  शुक्रबार,सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । आज प्रेस विज्ञप्ति मार्फत रमेश कुमार श्रेष्ठ नियुक्त भएको जानकारी दिएका हुन ।

National Life

सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्ने बताएका छन् । रमेश कुमार श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए ।


वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेको बताएका छन् । उनी संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा पनि परिचित छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया