• २४ भदौ २०८३, बुधबार
  • १०ः५४ राती

धादिङमा सुख्खा पहिरोमा ३ जना वेपत्ता, घटनास्थलमा पुग्यो सशस्त्र र प्रहरीको टोली

प्रकाशित मिति

२०७८ पुष २९ गते, बिहीबार ०३:०३

२९ पुस २०७८, काठमाडौँ : धादिङमा खसेको सुख्खा पहिरोमा पुरिँदा बेपत्ता भएका तीन जनाको खोजी गर्न सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। बिहीबार बिहान साढे ७ बजे रूबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरूमा खसेको पहिरोमा पुरिएकाहरूको खोजी गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिए।

National Life

प्रहरी टोली हेलिकप्टरमार्फत् पहिरो खसेको स्थानमा पुगेको हो। सुख्खा पहिरोमा सडक खनिरहेका डोजर चालकसहित तीन जना पुरिएका छन्। काभ्रे घर भएका डोजर चालक अन्दाजी २७ वर्षीय आकाश तामाङ, सहचालक राजु तामाङ र साइट हेर्न बसेका सडक निर्माण समितिका स्थानीय अनिष तामाङ बेपत्ता छन्।


डोजरले सडकको ट्र्याक खोल्ने क्रममा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक सिंहले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि पनि स्थानीय प्रहरी घटनास्थलमा पुगिसकेको उनले बताए। तर अझै पनि खोजी गर्ने काम अघि बढाउन कठिन भइरहेको उनले बताए।


‘खोजतलासको प्रयास भइरहेको छ। पहिरो केही पन्छ्याउने काम भइरहेको छ,’ उनले भने, ‘ठूलै पहिरो आउन सक्ने अझै पनि सम्भावना छ भन्ने रिपोर्टिङ भएको छ। तर प्रयास गरिरहेका छन्। अवस्था हेर्दा निकै समय लाग्छ होला।’

प्रतिकृया