दीपेन्द्रले निर्देशन गर्ने नयाँ फिल्ममा काम गर्दै भिटेन
प्रकाशित मिति
२०७८ पुष २८ गते, बुधबार ०७:१५
२८ पुस २०७८, काठमाडौँ : चर्चित र्यापर भिटेनले नयाँ चलचित्रमा काम गर्ने भएका छन् । उनले दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा काम गर्ने पक्का भएको हो । दीपेन्द्र र भिटेन दुवैले चलचित्र साइन गरिसकेका छन् । यो चलचित्रलाई बुढासुब्बा ओेरिजिनलले निर्माण गर्नेछ । चलचित्रका निर्माता नवराज गिरी हुन् ।
निर्देशक खनालले चलचित्रको नाम ‘रत्नपार्क’ भने नभएको बताए । उनले भने, ‘मैले र भिटेनले चलचित्र साइन गरिसकेका छौं । तर, यो चलचित्रको नाम रत्नपार्क भने होइन ।’ भिटेनले यसअघि बुढासुब्बाकै ब्यानरमा बन्ने चलचित्र ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेका थिए । चलचित्रको कथा दीपेन्द्र आफैंले नै लेखिरहेका छन् ।
निर्मात्री शर्मिला पाण्डेसँग निरन्तर काम गरेका दीपेन्द्रले अब नयाँ निर्मातासँग सहकार्य गर्न लागेका छन् ।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया