• २७ भदौ २०८३, शनिबार
  • ५ः०३ बिहान

हिन्दी फिल्म ‘एनिमल’मा काम गर्दै विपिन कार्की

प्रकाशित मिति

२०७८ पुष २८ गते, बुधबार ०६:५२

२८ पुस २०७८, काठमाडौं : नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् । विपिनले यो चलचित्रका लागि आफूलाई निर्माण टिमले अगष्टमा मुम्बई बोलाएको पनि बताएका छन् । विपिनले चलचित्र ‘सेल्फी किङ्ग’मा गरेको अभिनय हेरेपछि यसको निर्माणपक्षले उनलाई सिधै फोन गरेर चलचित्रको लागि बोलाएको हो ।

National Life

विपिनका अनुसार चलचित्रमा उनले अभिनेता अनिल कपूरसँग धेरै दृश्य शेयर गर्नेछन् । विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले फोन गरेर चलचित्रका लागि प्रस्ताव गरेका थिए । सन्दीपसँग विपिनलाई जोड्ने काम भने ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाले गरेका हुन् । विशालले सन्दीपको निर्देशनमा बनेको चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली भर्सनलाई विशालले निर्देशन गर्दैछन् ।


अभिनेता रणवीर कपूरसँग यसअघि कलाकार भोलाराज सापकोटाले चलचित्र ‘बर्फी’मा पर्दा शेयर गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया