• २८ भदौ २०८३, आइतबार
  • ९ः४० राती

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

प्रकाशित मिति

२०७८ पुष २८ गते, बुधबार ०१:५२

२८ पुस २०७८, काठमाडौँ : बर्दियाको बाँसगढी नगरपालिका ७ बड्की देउडास्थित ३४ वर्षीय दुलीचन थारुको घरबाट जुवातास खेलिरहेको अवस्थामा दुलीचन लगायत १० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

National Life

दुलीचनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८२ हजार ४ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो ।


त्यस्तै, नवलपरासी (पूर्व), कावासोती नगरपालिका १३ पिठौलीस्थित डिल कुमारी गुरुङले संचालन गरेको खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३७ वर्षीय अजय लामा लगायत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद २४ हजार ७ सय १५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया