झण्डै १० केजी चाँदीका गहनासहित एकजना पक्राउ
प्रकाशित मिति
२०७८ पुष २७ गते, मंगलवार ०६:५९
२७ पुस २०७८, काठमाडौँ : जनकपुरधामबाट झण्डै १० केजी चाँदीका गहनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ बाट एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं। ५ शिवालयका ३० वर्षीय कुमार खातीलाई पक्राउ गरेको हो। सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं। १–०२–०४५ प ८२७ नम्बरको मोटरसाइकलमा सवार रहेका खातीको खानतलासी गर्दा पिठ्यूमा बोकेको झोलामा चाँदीबाट बनेको ७ लाख ८३ हजार २९८ रुपैयाँ बराबरको गहना र १ लाख १२ हजार ६ सय रुपैयाँ बरामद भएको हो।
पक्राउ परेका खातीलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।






प्रतिकृया