• २९ भदौ २०८३, सोमबार
  • १ः१२ दिउँसो

सार्वजनिक सेवा लिन खोप कार्ड नै चाहिँदैन, मोबाइलमा फोटोमात्र भए पनि हुन्छ

प्रकाशित मिति

२०७८ पुष २७ गते, मंगलवार ०६:४९

२७ पुस २०७८, काठमाडौँ : सार्वजनिक सेवा लिन र सिनेमा, सपिङ मल लगायत स्थलमा जान खोप कार्ड अनिवार्य गर्ने सरकारको आदेशपछि सर्वसाधारणहरुले दुइटा प्रश्न गरेका छन्।

National Life

पहिलो : ठूलो साइजको खोप कार्ड अब सधैँ बोकेर हिँड्नुपर्ने ?

दोस्रो : करिब आधा जनसंख्याले मात्र अहिलेसम्म खोप लगाएको अवस्थामा खोप नलगाएकाहरुका लागि सरकारले सार्वजनिक सेवामा विभेद गर्न लागेको हो ? पहिलो प्रश्नको जवाफ काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मंगलबार दिएको छ। सार्वजनिक सेवा लिन सरकारको आदेशअनुसार माघ ७ गतेदेखि खोप कार्डको सक्कल नै बोकेर हिँड्नु पर्दैन। मोबाइलमा खोप कार्डको फोटोमात्र भए पनि त्यसले खोप कार्डकै काम गर्ने पनि काठमाडौँ जिल्ला प्रशासनको विज्ञप्तिमा उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारको आदेशअनुसार माघ ७ देखि सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा कोभिड—१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य हुनुपर्ने छ।सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क लगायतमा प्रवेश गर्दा कोभिड—१९ विरुद्धको खोप लगाएको कार्ड वा उक्त कार्डको मोबाइलमा फोटो भएपनि चाहिने आदेश दिएको हो।

प्रतिकृया