• १८ असोज २०८३, आइतबार
  • १०ः२२ बिहान

टोटेनहम चौंथो चरणमा

प्रकाशित मिति

२०७८ पुष २६ गते, सोमबार ०८:०१

२६ पुस २०७८, काठमाडौँ : एफए कप फुटबलमा टोटेनहमले मोरकाम्बे एफसीलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा एफसीलाई ३-१ ले हराउँदै टोटेनहम चौंथो चरणमा प्रवेश गरेको छ ।

National Life

खेलको ३३ औं मिनेटमा एन्थोनीले गोल गर्दै मोरकाम्बेलाई अग्रता दिलाएका थिए । पछि एक गोलको अग्रता उल्टाएर टोटेनहमले जित निकाल्यो । ह्यारी विंक्स, लुकास मौरा र ह्यारी केनले एक-एक गोल गरेका थिए।


अर्को खेलमा उल्भ्सले शेफिल्डलाई ३-० ले हराएर चौंथो चरणमा स्थान बनाएको छ । वेस्ट ह्यामले लिड्स युनाईटेडलाई २-० ले हराएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया