• १९ असोज २०८३, सोमबार
  • १०ः४० बिहान

सञ्चारमन्त्री कार्की आइसोलेसनमा, भेटघाट बन्द

प्रकाशित मिति

२०७८ पुष २५ गते, आईतवार ०८:२१

२५ पुस २०७८, काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री कार्की आइसोलेसनमा बसेका हुन् ।

National Life

शनिबार नेकपा माओवादी केन्द्रका प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए । शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा मन्त्री कार्की सहभागी थिए । अघिल्लो दिन बिहीबार सत्ता गठबन्धनको बैठक बसेको थियो ।


मन्त्री कार्कीले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् । आइतबार कोरोना परीक्षण गराउने मन्त्री कार्कीको सचिवालयले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया