• १६ असोज २०८३, शुक्रबार
  • ५ः३२ बिहान

वाट्फोर्डमाथि लेस्टरको सहज जित

प्रकाशित मिति

२०७८ पुष २५ गते, आईतवार ०६:५९

२५ पुस २०७८, काठमाडौँ : एफए कपको तेस्रो चरणमा लेस्टर सिटीले वाट्फोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा लेस्टरका लागि युरी टिलेमान्सले सातौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

National Life

त्यसपछि जेम्स म्याडीसन, हार्भे बर्नेस र मार्क अल्ब्राइटनले एक-एक गोल गर्दै लेस्टरलाई जिताएका हुन् । वाट्फोर्डका पेड्रोले २७ औं मिनेटमा एक गोल फर्काएका थिए ।


अर्को खेलमा क्रिस्टल प्यालेसले मिलवाललाई २–१ ले हरायो। न्युकासल युनाइटेड भने क्याम्ब्रिज युनाइटेडसँग १–० ले पराजित भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया