• १८ असोज २०८३, आइतबार
  • ११ः१२ बिहान

युभेन्ट्स र नेपोलीले बराबरी खेल्दै अंक बाँडे

प्रकाशित मिति

२०७८ पुष २३ गते, शुक्रबार ०८:४४

२३ पुस २०७८, काठमाडौँ : इटालियन सिरी ‘ए’मा बिहीबार राति युभेन्ट्सले घरेलु मैदानमा नेपोलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एक गोलले पछि परेको युभेन्ट्स बराबरी गर्न सफल भएको थियो । खेलको २३ औं मिनेटमा ड्रिएस मेर्टिन्सको गोलसँगै नेपोलीले १-० को अग्रता बनायो । खेलको ५४ औं मिनेटमा फेडरिको चिइसाले बराबरी गोल गरे ।

National Life

बाँकी समय दुबै टोलीले गोलको प्रयास गरे पनि सदुपयोग भएन। बराबरीसँगै युभेन्ट्स २० खेलबाट ३५ अंक जोडेर पाँचौ स्थानमा छ भने नेपोली ४० अंक जोडेर तेस्रो स्थानमा छ । सिरी ए कै अर्को खेलमा ९ खेलाडीमा सिमित रोमालाई ३-१ ले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा उक्लिएको छ ।


जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर ४६ अंकसहित शीर्ष स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया