• १८ असोज २०८३, आइतबार
  • २ः३० दिउँसो

स्रोत नखुलेको नगद ६ लाख ५४ हजार सहित २ जना पक्राउ

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०१:३४

२१ पुस २०७८, काठमाडौँ : वीरगंज महानगरपालिका- १६ रजयन्ति चोकबाट स्रोत नखुलेको नगद ६ लाख ५४ हजार रुपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेहरुमा भारत मोतिहारी पुर्बीचम्पारण ढाका थाना बिश्रामपुर ७ बस्ने जादोलाल साह र सोही ठाउँ चैनपुर बस्ने बिगन साह रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले लुकाई ल्याउँदै गरेको उक्त नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया