• 5:50 pm

चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०१:३३

१ पुस २०७८, काठमाडौं : कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ ठहर भएको छ । आज बुधबार सर्वोच्च अदालतमा शोभराजको सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको थियो । शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए ।


यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । ७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असल चालचलन भएमा ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । शोभराजले नेपालीमात्र नभई विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने माग गरेका छन् ।


उनलाई शृङ्खलाबद्ध हत्यामा जन्मकैदको सजाय भएको छ । उमेरका कारण नेपालको प्रचलित कानुन अनुसार आफूले पनि कैद सजाय छुट पाउनुपर्ने उनको मागदाबी छ ।

प्रतिकृया