• २० असोज २०८३, मंगलबार
  • ७ः१९ बेलुका

दैलेखमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ११:५१

२१ पुस २०७८, काठमाडौं : दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ जाँदै गरेको लु.२ च ४८२९ नं को डबल क्याप दुर्घटनामा परेको हो।

National Life

नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जीप चालक दैलैख भगवतीमाई गाँउपालिका ६ बस्ने ३० वर्षीया कृष्ण रोकाको घटनास्थलमा नै मृत्यु भएको हो ।


जीपमा ३ जना महिला ५ जना पुरुष र २ जना बच्चा गरेर १० जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया