• 3:24 pm

तनहुँमा नवजात शिशुसहित दुई मृत फेला

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०७:०२

२१ पुस २०७८, काठमाडौँ : तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।


स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ ।


मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।

प्रतिकृया