टोखामा करिब ८० प्रतिशत भौतिक विकासको काम सम्पन्न
प्रकाशित मिति
२०७८ पुष १८ गते, आईतवार ०३:५३

१८ पुस २०७८, काठमाडौँ : टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले ७० देखि ८० प्रतिशतसम्म भौतिक विकासको काम सम्पन्न गरेको बताएका छन् । स्थानीय तहको निर्वाचनअघि नगर क्षेत्र अस्तव्यस्थ बनेको स्मरण गर्दै उनले अहिले टोखा नगरपालिकाको ७० देखि ८० प्रतिशतसम्म भौतिक विकास निर्माणको काम सम्पन्न गरेको स्पष्ट पारेका छन् ।
नगर प्रमुख अधिकारीले नगरपालिकाले टोखाबासीसँग साथ लिदै सबैसँग समन्वय र सहकार्य गर्दै विकास निर्माणको काम तिब्र पारेको बताएका छन् । नगरपालिकाले अल्पकालीन र दीर्घकालीन रणनीतिका साथ विकास निर्माणको काम अगाडि बढाएको भन्दै उनले सोही अनुसार अहिले विकास निर्माणको कामले तिब्रता पारिएको नगर प्रमुख अधिकारीले स्पष्ट पारेका छन् ।
उनले भने “आफू निर्वाचित भएर आएपछि कसैलाई पनि विचारका आधारमा विभेद नगरेको स्पष्ट पार्दै उनले नगरपालिकाको आवश्यकताका आधारमा योजना छनोट गरी सबै वडाको समानुपातिक रुपमा विकास गर्ने गरिएको छ ।” विद्युत, खानेपानी, सडक लगायतका निकाय नगरपालिकाको मातहतमा नभएकाले कतिपय अवस्थामा विकास निर्माणको काममा समस्या भएको भन्दै संघ, प्रदेश र स्थानीय तीनवटै तहबीच आपसी समन्वय र सहकार्य गरेर विकास निर्माणको काम गर्नुपर्ने उनले आवश्यकता औल्याएका छन् ।
नगरपालिकाले मेयर दिवा खाजा कार्यक्रम, मेयर उज्यालो कार्यक्रम, जनता सुरक्षा कार्यक्रममा अन्तर्गत सडकको मुख्य चोकमा सीसी क्यामरा जडान गर्ने कार्य अहिले भइरहेको जानकारी दिएका छन् । त्यस्तै नगरपालिकाले मेयर दीर्घायु कार्यक्रम सञ्चालन गरेको भन्दै यस कार्यक्रमले नगरपालिका क्षेत्रका विपन्न अशक्त, असाय व्यक्तिले स्वास्थ्य लाभ लिइरहेको उनले बताएका छन् ।
नगरपालिकाले सहरी सौदर्यता कायम राख्नका लागि नगरपालिकाको प्रत्येक वडामा पार्क निर्माण कार्यलाई तिब्रता दिएको नगर प्रमुख अधिकारीले बताएका छन् ।
प्रतिकृया