• १५ असोज २०८३, बिहीबार
  • १०ः४३ बिहान

टोखामा करिब ८० प्रतिशत भौतिक विकासको काम सम्पन्न

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०३:५३

१८ पुस २०७८, काठमाडौँ :  टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले ७० देखि ८० प्रतिशतसम्म भौतिक विकासको काम सम्पन्न गरेको बताएका छन् । स्थानीय तहको निर्वाचनअघि नगर क्षेत्र अस्तव्यस्थ बनेको स्मरण गर्दै उनले अहिले टोखा नगरपालिकाको ७० देखि ८० प्रतिशतसम्म भौतिक विकास निर्माणको काम सम्पन्न गरेको स्पष्ट पारेका छन् ।

National Life

नगर प्रमुख अधिकारीले नगरपालिकाले टोखाबासीसँग साथ लिदै सबैसँग समन्वय र सहकार्य गर्दै विकास निर्माणको काम तिब्र पारेको बताएका छन् । नगरपालिकाले अल्पकालीन र दीर्घकालीन रणनीतिका साथ विकास निर्माणको काम अगाडि बढाएको भन्दै उनले सोही अनुसार अहिले विकास निर्माणको कामले तिब्रता पारिएको नगर प्रमुख अधिकारीले स्पष्ट पारेका छन् ।


उनले भने “आफू निर्वाचित भएर आएपछि कसैलाई पनि विचारका आधारमा विभेद नगरेको स्पष्ट पार्दै उनले नगरपालिकाको आवश्यकताका आधारमा योजना छनोट गरी सबै वडाको समानुपातिक रुपमा विकास गर्ने गरिएको छ ।” विद्युत, खानेपानी, सडक लगायतका निकाय नगरपालिकाको मातहतमा नभएकाले कतिपय अवस्थामा विकास निर्माणको काममा समस्या भएको भन्दै संघ, प्रदेश र स्थानीय तीनवटै तहबीच आपसी समन्वय र सहकार्य गरेर विकास निर्माणको काम गर्नुपर्ने उनले आवश्यकता औल्याएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नगरपालिकाले मेयर दिवा खाजा कार्यक्रम, मेयर उज्यालो कार्यक्रम, जनता सुरक्षा कार्यक्रममा अन्तर्गत सडकको मुख्य चोकमा सीसी क्यामरा जडान गर्ने कार्य अहिले भइरहेको जानकारी दिएका छन् । त्यस्तै नगरपालिकाले मेयर दीर्घायु कार्यक्रम सञ्चालन गरेको भन्दै यस कार्यक्रमले नगरपालिका क्षेत्रका विपन्न अशक्त, असाय व्यक्तिले स्वास्थ्य लाभ लिइरहेको उनले बताएका छन् ।


नगरपालिकाले सहरी सौदर्यता कायम राख्नका लागि नगरपालिकाको प्रत्येक वडामा पार्क निर्माण कार्यलाई तिब्रता दिएको नगर प्रमुख अधिकारीले बताएका छन् ।

प्रतिकृया