• १ असोज २०८३, बिहीबार
  • ५ः२३ बेलुका

रक्सीमै मख्ख पर्ने प्रवृतिको मान्छेले पर्यटन बोर्ड डुबाए : मन्त्री आले

प्रकाशित मिति

२०७८ पुष १६ गते, शुक्रबार ०२:३९

पर्यटन बोर्डका सीइओ रेग्मीलाई ‘साँढे’ को संज्ञा

National Life

१६ पुस २०७८, काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले रक्सीमा मख्ख पर्ने प्रबृतिका मानिस पर्यटन बोर्डमा रहेको र त्यहि मान्छेले नै एक्त बोर्ड डुबाएके कटाक्ष ब्यक्त गरेका छन् । पर्यटनको बोर्डको २३ औँ वाषिकोत्सव कार्यक्रममा बोल्दै आलेले सीइओ रेग्मीलाई इंगित गर्दै रक्सि खान अघि सर्नेलाई गर्यटन बोर्डको अध्यक्ष बनाइएको र बोर्ड डुबेको दाबी गरेका हुन् ।


‘बोर्ड सदस्यको पनि कुरा नखाने र जहिले पनि रक्सीमा नै मख्ख पर्ने प्रवृतिको मान्छेले पर्यटन बोर्ड डुबाए , उनले भने । जहाँ कार्यक्रममा जाँदा पनि रक्सी खानलाई नै अघि सर्ने व्यक्तिलाई सीइओ बनाइनु विडम्बना भएको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई इंकित गर्दै मन्त्री आलेले ‘साँढे’ का कारण बोर्ड धराशायी भएको समेत बताएका छन् ।‘म लन्डन जाँदै जान्नँ भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ मन्त्री आलेले भने, ‘लन्डन गएँ, दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने ।’


‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सीइओ बनाए भने बोर्ड चल्छ ? ,’ उनले भने ।


त्यस्तै, उनले आफ्नो इमान कसैले पनि दरिद गर्न नसक्ने निकीर गरे । ‘मेरो इमान कसैले किन्न सकिँदैन, चार वटाको टोयटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘इमान बेचेर म यो कुर्सीमा बस्नेवाला छैन ।’


यस्तै, नेपाल वायुसेवा निगमका कर्मचारीकै कारण निगम धराशायी भएको उनले आरोप लगाए । ‘निगमका कर्मचारी कहाँ जहाजको टायर बेच्न पाइन्छ, कहाँ नटबोल्ट बेच्न पाइन्छ भनेर हिँडिरहेका छन्,’ उनले भने ।

प्रतिकृया