• ४ साउन २०८३, सोमबार
  • ६:५९ बेलुका

जबर्जस्ती करणीको आरोपमा किशोर पक्राउ

प्रकाशित मिति

२०७८ पुष ११ गते, आईतवार ०२:४७

११ पुस २०७८, काठमाडौं : बर्दिबास नगपालिका ९, पशुपतिनगरबाट १४ बर्षीय एक किशोरलाई प्रहरीले जबर्जस्ती करणीको आरोपमा पक्राउ गरेको छ ।


सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको मौखिक उजुरीको आधारमा वडा नम्बर ७ मनहरीपुरका किशोरलाई आज पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

Kamana Sewa

घाँस काट्ने क्रममा बालिकालाई करणी गर्न खोजेको परिवारको आरोप छ । तर अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपित किशोरको पहिचान खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

Classic Tech Desktop

किशोरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ । जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाडाले जनाएको छ ।

प्रतिकृया