• १८ असोज २०८३, आइतबार
  • ८ः४८ बिहान

नवलपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता हुने

प्रकाशित मिति

२०७८ पुष ११ गते, आईतवार ०७:४१

११ पुस २०७८, काठमाडौँ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राष्ट्रियस्तरको ‘भेट्रान्स कप फुटबल प्रतियोगिता’आयोजना हुने भएको छ । अंग्रेजी नयाँ वर्ष , माघेसङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर जिल्ला फुटबल सङ्घ नवलपुरको समन्वय, रिटर्नी माइग्रेन्ट्स नेपाल नवलपुर शाखाको आयोजना, टाइगर क्लब गोछडाको सहआयोजनामा यही पुस १७ गतेबाट फुटबल प्रतियोगिता हुन लागेको हो ।

National Life

प्रतियोगितामा देशभरबाट १२ टिमको सहभागिता रहने जिल्ला फुटबल सङ्घ नवलपुरका अध्यक्ष सेतमान पुनले जानकारी दिए । नवलपरासीपूर्व नवलपुर र पश्चिम नवलपरासीसहित काठमाडौँ, पोखरा, हेटौँडा, चितवन, सुर्खेत, वीरगञ्जलगायतका गरी १२ टिमले सहभागिता जनाउने उनले बताए । प्रतियोगिताको फाइनल खेल भने पुस २४ गते हुने जनाइएको छ । प्रतियोगितामा विजेता हुने टिमले रु एक लाख र उपविजेता हुने टिमले रु ५१ हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ ।


उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कृत गरिने सहआयोजक क्लबका सल्लाहकार पुष्परत्न महतोले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब रु छ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि विभिन्न स्थानीय तह, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामाजिक व्यक्तित्व एवं सङ्घसंस्थाहरूले आर्थिक सहयोग गरेको उनले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्लामा राष्ट्रियस्तरको खेल गर्दा खेलले यहाँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष पुनले बताए । ‘राष्ट्रियस्तरको भेट्रान्स फुटबल प्रतियोगिताले खेलसँगै पर्यटनलाई समेत जोड्ने अपेक्षा छ, देशका विभिन्न स्थानबाट आउने खेलाडीमार्फत जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउँछ’, उनले भने, ‘खेललाई जिल्ला चिनाउने थलोका रूपमा समेत प्रतियोगितालाई लिएका छौँ ।’

प्रतिकृया