• ४ साउन २०८३, सोमबार
  • ७:५५ बेलुका

खोप कार्डमा मोदीको फोटोः उजुरी गर्ने व्यक्तिलाई नै १ लाख जरिवाना

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०५:०२

९ पुस २०७८, काठमाडौं : कोभिडको खोप कार्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो हटाउन माग गर्दै अदालतमा पुगेका व्यक्तिमाथि न्यायाधीशको समय बर्बादी गरेको आरोपमा एक लाख भारु जरिवाना तोकिएको छ । उनको उजुरी राजनीतिक ढंगले अभिप्रेरित भएको भन्दै केरलाको उच्च अदालतले जरिवाना तोकेको हो ।


ती व्यक्तिले कार्डमा मोदीको फोटो टाँसेर स्वास्थ्य जस्तो क्षेत्रमा सरकारले अनावश्यक प्रचार गरेको भन्दै अदालत पुगेका थिए । आफ्नो खोप कार्डमा मोदीको तस्बीर आवश्यक नभएको उनको तर्क थियो । आफूले पैसा तिरेर खोप लगाएको र खोप कार्डमा मोदीको फोटोको कुनै सान्दर्भिकता नभएको भन्दै फोटो हटाउन माग गरेका थिए ।

Kamana Sewa

‘खोप कार्डमा प्रधानमन्त्रीको फोटोका कारण लाज लागेमा उनलाई त्यहाँ नहेर्ने सुविधा पनि छ,’ फैसलामा भनिएको छ ।
(एजेन्सी)

Classic Tech Desktop

प्रतिकृया