नेपाली कलाकार सन्नीले बनाए अंग्रेजी फिल्म ‘फाइट एण्ड फुरी २’
प्रकाशित मिति
२०७८ पुष ८ गते, बिहीबार ०९:३६
८ पुस २०७८, काठमाडौँ : कलाकार तथा मार्शल आर्ट खेलाडी सन्नी वि।केसीको लेखन निर्देशन रहेको अंग्रेजी फिल्म ‘फाइट एण्ड फुरी २’ को गीत ‘अन्निहिलतीओन’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक सार्वजनिक गीतमा कलाकार समेत रहेका निर्देशक सन्नी, लियो लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
फिल्ममा सन्नीका अलवा लियो, जोस्प माइकल, एमएम ए फाइटर लगायत हलिउडका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा बनेको यो फिल्म नेपालीमा डब गरेर नेपालमा प्रदर्शन गर्न लागिएको निर्देशक सन्नीले बताए । फिल्ममा ह्युमन ट्राफिकिङको कथा उठाउन खोजिएको उनले सुनाए ।
कार्यक्रममा सन्नीले छिट्टै नेपाली फिल्म बनाउन लागेको बताए । सरिन बिको छायांकन, बनिश शाहको सम्पादन रहेको फिल्ममा एक्सन जनरामा निर्माण भएको हो । बलिउड कलाकार गोविन्दा, मिथुनका फिल्ममा समेत काम गरेका सन्नी धेरै अगाडि नेपाली फिल्म ‘गोर्खा रक्षक’ देखिएका थिए ।
फिल्म ‘फाइट एण्ड फुरी २’ लाई हलिउडका चलचित्र घर, ओटीटी प्लेटफर्म, नेट फ्लिक्स, एमाजोन प्राइमसँंगै नेपाली चलचित्र घरमा पनि रिलिज गरिन लागिएको हो ।








प्रतिकृया