• ३ असोज २०८३, शनिबार
  • १ः०२ दिउँसो

एकैपटक १२५ सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको सरुवा

प्रकाशित मिति

२०७८ पुष ४ गते, आईतवार १२:५०

४ पुस २०७८, काठमाडौं : वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १ सय २५ शिक्षकको सरुवा गरेको छ । महानगरपालिका अन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि र मावि गरी ९९ सामुदायिक विद्यालयमा करिब ८ सय शिक्षक कार्यरत छन् ।

National Life

महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो ।


विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया