• ६ असोज २०८३, मंगलबार
  • १०ः४१ राती

घलाटेमा सिवान्स बहुउद्देश्यीय सहकारी संस्थाको शुभारम्भ

प्रकाशित मिति

२०७८ पुष ४ गते, आईतवार १२:०९

४ पुस, २०७८ काठमाडौँ : हिजो भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वडा नं.५ घलाटेमा सिवान्स बहुउद्देश्यीय सहकारी संस्थाको शुभारम्भ भएको छ । उपत्यकाको तीनै जिल्ला भक्तपुर,काठमाडौं र ललितपुर कार्यक्षेत्र रहेको संस्थाको प्रधान कार्यालय घलाटेमा शनिबारबाट औपचारिक रुपमा शुभारम्भ भएको हो ।

National Life

समाजमा रहेका स- साना पुँजीलाई निक्षेप संकलनको माध्यमबाट एकमुष्ट पार्दै सदस्यहरुले उचित ब्यबसाय संचालन गरी ब्यबसायिक रुपमा समाजमा स्थापित गर्दै लैजाने संस्थाको उदेश्य रहेको संस्थाका अध्यक्ष अनिश शाक्यले बताउनुभयो । सरकारबाट स्वीकृति प्राप्त संस्थाको शेयर पुँजी रु.दश करोड रहेको र सो पुँजीलाई समय अनुकुल चुक्ता पुँजीमा परिणत गरिने अध्यक्ष शाक्यले बताउनुभयो ।


जस्तोसुकै कठिन परिस्थितिमा पनि सहजै समस्या समाधान गर्न सक्ने दक्ष एबं अनुभवी पदाधिकारी एबं कर्मचारी संस्थामा संलग्न रहेको संस्थाको उपाध्यक्ष आशिष बोगटीले बताउनुभयो । सदस्यहरुलाई छिटो ,छरितो र बिश्वासिलो ढंगले सेवा प्रदान गर्न अत्याधुनिक सफ्टवेयर फिनयाक्ट जडान गरी सबै कम्युटरलाई ल्यान प्रबिधिबाट नेटवर्किङ्ग गरिएको उपाध्यक्ष बोगटीले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

बिप्रेषण सेवा समेत संचालन गर्ने तयारीमा रहेको सिवान्स बहुउद्देश्यीय सहकारी संस्था लि.ले बिद्यमान प्रतिस्पर्धात्मक बित्तीय वातावरणमा निक्षेपकर्तालाई उचित र आकर्षक ब्याजदर प्रदान गर्ने योजना लागु गरेको सिवान्स बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक तृष्णा प्रजापतिले बताउनुभयो ।


सिवान्स बहुउद्देश्यीय सहकारी संस्था लि.ले आकर्षक प्याकेज सहित प्रगतिशिल महिला उद्यमी बचत,आबधिक बचत,बाल बचत,ज्येष्ठ नागरिक पेन्सन बचत,लचकदार बचत,३६५ बिस्ता बचत,कर्जा तथा सापटी योजना अघि सारेको छ ।


संस्था संचालनको अवसरमा अग्रज पत्रकार पुष्करराज बुढाथोकी,सहकारी क्षेत्रका अगुवा तथा बिहानी सहकारीका संचालक सन्तोष बोगटी,संस्थाका अध्यक्ष अनिश शाक्य ,समाजसेवी सनतकुमार बोगटी,पत्रकार सुवास कुँवर, सिवान्सका संचालक सुमन आगन्जा लगायतले संस्थाको सफलताको कामना गर्दै समुदायको आर्थिक क्रान्तिमा सिवान्सले उल्लेख्य भुमिका निर्वाह पर्ने बिश्वास समेत ब्यक्त गर्नुभयो ।

प्रतिकृया