• ५ असोज २०८३, सोमबार
  • ७ः१२ बेलुका

चितवन मेडिकल कलेजले कपाल रोप्न बिनाधितो २ लाख ऋण दिने

प्रकाशित मिति

२०७८ पुष ४ गते, आईतवार १२:०९

४ पुस २०७८, काठमाडौं : चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको छ । कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालको डर्माटोलोजी विभागका व्यवस्थापन प्रमुख कृतिष्मा अर्यालले बताए।

National Life

अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर कपाल प्रत्यारोपण लगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दी सुविधा दिएको हो। अस्पतालभित्रै सो काउन्टर रहेको छ।


बैंकले लक्जरी सुविधा भएकाले एकैपटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर २५ हजारदेखि २ लाख रूपैयाँसम्म यस्तो ऋण धितोबिना नै शून्य व्याजदरमा उपलब्ध गराउने अर्यालले जानाकारी दिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजपत्र बनाउन अस्पतालबाटै सहयोग गरिने जनाइएको छ। व्यवस्थापन विभाग अर्यालले भनिन्, ‘बैंक धाइरहनुपर्ने झन्झट हुँदैन, हामीले सहजीकरण गरिदिन्छौँ।’


१८ महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ।


चितवनमा पहिलो पटक यो सुविधा दिन लागिएको हो ।

प्रतिकृया