• १८ असोज २०८३, आइतबार
  • ११ः४७ बिहान

टोखामा ‘मेयर दीर्घायु’ कार्यक्रम शुरू

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०९:३६

२९ मङ्सिर , काठमाडौँ : टोखा नगरपालिकामा ‘मेयर दीर्घायु’ कार्यक्रम शुभारम्भ गरिएको छ । मंगलबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरी मेयर दीर्घायु कार्यक्रमको शुभााम्भ गर्नुभएयो हो ।

National Life

नगरपालिकाले “म स्वस्थ्य मेरो टोखा नगर स्वस्थ ” भन्ने नारा तय गरि मेयर दीर्घायु कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाले ५० वर्ष माथिका नगरपालिकामा बसोबास गर्ने अपाङ्, अशक्त, घाइते, द्वन्द्व पीडित, असाय, लोपोन्मुख , महिला तथा अल्पसङ्ख्यक व्यक्तिलाई लक्षित गरी मेयर दीर्घायु कार्यक्रम शुरु गरिएको हो ।


कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले मेयर दीघायु कार्यक्रम मार्फत नगरपालिकामा एक हजार जनालाई स्वास्थ्य सेवा प्रदान गरिने बताउनुभयो । उहाँले टोखा नगरपालिकाले विकास निर्माणको कामसँगै स्वास्थ्य क्षेत्रमा उपलब्धि हासिल गर्दै गएको भन्दै मेयर दीर्घायु कार्यक्रमले स्वास्थ्य क्षेत्रमा थप उपलब्धि हासिल हुने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले यस कार्यक्रमले लक्षित वर्गको उपलब्धि हासिल गर्ने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सो कार्यका लागी नगरपालिकाभित्र बसोबास गरेको वा नगरभित्र व्यवसाय वा अन्य माध्यमबाट कर तिरेको प्रमाण भएको वा अतिविपन्न समुदायको प्रमाणित परिचयपत्र वा अपाङ्गतासम्बन्धी परिचयपत्र भएको व्यक्ति सहभागी हुन पाउनेछन् । कार्यक्रममा सहभागी हुन हरेक वडाबाट नाम सिफारिस गर्नुपर्नेछ । उक्त कार्यक्रम सञ्चालनका लागि टोखाले वजेट विनियोजन गर्नुका साथै कार्यविधि निर्माण गरिएको छ ।

प्रतिकृया