क्लासिक टेकको वाइफाइ ६को साथमा TACHYON 1 Gbps इन्टरनेट सेवा शुभारम्म
प्रकाशित मिति
२०७८ मंसिर २८ गते, मंगलवार ०४:५३

२८ मंसिर २०७८, काठमाडौं : नेपालमा सन् २००९ देखी शुभारम्भ भएको देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ को साथमा टच्यम् इन्टरनेट सेवा शुभारम्म गर्ने तयारी गरिरहेको छ । नेपालमा नै पहिलो पटक वाइफाइ ६ का साथमा TACHYON 1 Gbps इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेको क्लासिक टेकले जनाएको छ ।
क्लासिक टेकका अनुसार वाइफाइ ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटि, बिम फर्मिङ, मु मिमो लगायतका सुविधाहरू रहने छन् । सो प्रविधी अवलम्बन गरे पश्चात ग्राहकहरूले हाइ स्पिड इन्टरनेट प्रयोग गर्न सक्षम रहने छन् । वाइफाइ ६ प्रविधी अन्तर्गत इन्टरनेटको स्पिड ३ निवि प्रति सेकेण्डसम्म रहनेछ । पहिलो चरणमा क्लासिकटेकले १ जिबि प्रति सेकेण्ड सम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको छ।
वाइफाइ ६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भब हुने र यसले धेरै प्रयोगकर्ता, धेरै इनपुट, धेरै(आउटपुट प्रविधी हुनाले वाइफाइ राउटरलाई एकै साथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहने कम्पनिको दाबी छ । यसका कारण वाइफाइ नेटवर्कको गति तिब्र बन्नेमा कम्पनि बिश्वास ब्यक्त गर्दछ ।
वाइफाइ ६ पश्चात क्लासिकटेकले नेपालमा हाल प्रयोग भैरहेका ड्युअल ब्यान्डका राउटरहरू विश्थापित गराई नेपालभर ट्राइ ब्यान्डका राउटरहरू प्रयोगमा ल्याउने जनाएको छ । यो प्रविधी पश्चात ग्रहकहरूलाइ बिना झन्झट, उच्च गतीको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने क्म्पनीले विश्वास लिएको छ ।
ग्रहकहरूमाझ नयाँ प्रविधी भित्राएर गुणस्तरिय सेवा प्रदान गर्न हामी सदैव तत्तपर रहेको क्लासिक टेकले जनाएके छ । १२ बर्षमा ७४ वटा जिल्लाका १०३ स्थानमा सेवा सञ्चालन ल्याएको क्लासकिटेकले कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको छ ।
प्रतिकृया