• २० असोज २०८३, मंगलबार
  • ३ः३५ राती

डेढ घण्टामा १ हजार मत खस्यो

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार ०५:०५

२८ मंसिर २०७८, काठमाडौं : नेपाली काँग्रेसको सभापति पदका लागि भइरहेको दोस्रो चरणको निर्बाचनमा दोश्रो चरणमा मतदान सुरू भएको डेढ घण्टामा १ हजार मत खसेको छ । मतदान राजधानीको राष्ट्रिय सभागृहमा जारी छ । सोमबार भएको मतदानपछिको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले जीतका लागि मत हासिल गर्न नसकेपछि आज फेरि मतदान भएको हो ।

National Life

दोश्रो चरणमा मतदान सुरू भएको डेढ घण्टामा १ हजार मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । मतदानस्थलमा यतिबेला उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन लाइनमा उभिएका मतदातासँग भोट माग्न व्यस्त छन् ।


दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया