• १९ असोज २०८३, सोमबार
  • ३ः३८ दिउँसो

‘उकुस मुकुस’ दर्शकको मन जित्दै

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार १०:०४

२८ मंसिर २८ २०७८ काठमाडौं : पछिल्लो समय दर्शकले टेलिभिजनको अलवा युट्युबमा पनि हाँस्य सिरियल धेरै हेर्न थालेका छन् । त्यसैले पनि युट्युबमा हाँस्य सिरियलको बाढी छाएको छ । यस्तैमा विगत १० भागदेखि प्रशारण भैरहेको कमेडी सिरियल ‘उकुस मुकुस’ पनि दर्शकको रुचिमा पर्न सफल भएको छ ।

National Life

सिरियलमा दीलिप तामाङ ‘हुरहुर’, बेदना राई, देवी आले, प्रकाश लिम्बु, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश वुढामगर, दिपक लम्साल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।


केदार प्रसाद घिमिरे र दिलिप तामाङको पटकथा तथा संवाद रहेको सिरिलको लेखन सुपरिवेक्षणको रुपमा केदार प्रसाद घिमिरेले काम गरेका छन् । लोकचन्द्र थापाको छायांकन, सुविन दाहालको सम्पादन, दिलिप तामाङ र सितादेवी तिमिल्सेनाको निर्देशन रहेको सिरियलमा गाउँघरका बिषयवस्तुलाई उठान गरिएको छ । सिरियलका निर्माता नहकुल भट्टराई हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया