तराईका कुन क्षेत्रमा कस्तो छ हुस्सु –कुहिरो
प्रकाशित मिति
२०७८ मंसिर २५ गते, शनिबार ११:०२
२५,मंसिर, २०७८काठमान्डौ : चिसो बढ्दो क्रममा रहेसँगै तराईका क्षेत्रमा हुस्सु–कुहिरो पनि बाक्लिन थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा अहिले हुस्सु तथा कुहिरो लागेको छ ।
बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानमा हुस्सु –कुहिरो तथा मध्य र पूर्वी तराइका थोरै स्थानहरुमा हुस्सु लागेको भए पनि मध्यान्ह तिर हटेर जाने सम्भावना रहेको छ। विशेष गरी प्रदेश १, प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा हुस्सु लागेको हो ।
पश्चिम तराईका केही स्थानमा लागेको हुस्सु–कुहिरो मध्यान्हसम्ममा हटेर जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मध्य र पूर्वी तराईका थोरै स्थानमा लागेको हुस्सु–कुहिरो पनि मध्यान्हसम्ममा हटेर जाने मौसमविदले बताएका छन् ।देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
प्रतिकृया