के तपाई सफलता हासिल गर्न चाहानु हुन्छ ?
प्रकाशित मिति
२०७८ मंसिर २५ गते, शनिबार ०९:३४
२५ मंसिर २०७८, काठमान्डौं : सफलताले आफ्नो चिनो छाडेर जान्छ । यदि हामीले सफल मानिसका गुण चिनेर त्यसलाई पछ्यायौँ, अनुकरण गर्यौँ, व्यवहारमा उतार्न सक्यौँ भने अवश्य सफल हुन्छौँ ।सफलता कुनै रहस्यमय र जादुको छडी पनि त होइन जो छुने बित्तिकै बोल्छ । यो त केही महत्त्वपूर्ण नियम र कुरालाई निरन्तररुपमा अध्ययन र मनन् गरे पछिको सकारात्मक नतिजा हो ।
असफलता पनि बारम्बार गल्तीलाई दोहोर्याएपछिको नकारात्मक नतिजा हो । सकारात्मक नतिजाले शक्तिमा मलजल गर्दछ र जीवन उर्वर बनाउँछ तर नकारात्मक नतिजाले जीवन शक्तिमा कम ऊर्जा प्राप्त हुन्छ ।पहिलोले पुरस्कार प्रदान गर्दछ भने दोस्रोले दण्ड । दण्ड र पुरस्कार बिचको फरक आफै तालिका बनाउनुहोस् र असफलताबाट सफलताको पाठ सिकी सफल जीवन बिताउनुहोस् ।
प्रतिकृया