• १७ असोज २०८३, शनिबार
  • २ः२६ दिउँसो

प्रदेश १ का मुख्यमन्त्री बिभिन्न सांगीतिक र्कायक्रममा देखिदै

प्रकाशित मिति

२०७८ मंसिर २५ गते, शनिबार ०९:३४

२५ मंसिर , काठमाडौं : पछिल्लो समय योजना बेगरका सानातिना कार्यक्रममा गएको भन्दै आलोचना खेपिरहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई झापाको काँकडभिट्टामा शुक्रबार आयोजित ‘टिभिएस रेडर सप्तरंग सिजन–३ ’ महासाङ्गीतीक यात्रामा मुख्यमन्त्री सहभागी भए।

National Life

गायिका मिलन नेवारले ‘फुल बुट्टे सारी’ बोलको गीत गाउँदै गर्दा कार्यक्रममा मुख्यमन्त्री राईले पनि नृत्य प्रस्तुत गरेका थिए। ‘स्वास्थ्य र समृद्घिका लागि’ भन्ने नारासहित सातवटै प्रदेशमा कन्सर्ट सुरू भएको उक्त यात्रामा सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय कलाकारले सहभागिता जनाएका छन्।


सातवटा प्रदेशका अलगअलग स्थानमा फरक–फरक मितिमा हुने ‘टिभिएस रेडर सप्तरंग सिजन–३ ’ महासाँगितीक यात्रामा कलाकारको नेतृत्व महानयक राजेश हमालले गरेका छन्। काँकरभिट्टामाबाट सुरू भएको यात्राको उद्घाटन १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, महानायक राजेश हमालले संयुक्त रुपमा गरे।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल प्रहरीको व्याण्ड, स्थानीय इष्ट होराइजन माविको व्याण्ड, नेपाल स्काउटसहित साँझ विभिन्न बाजागाजासहित कार्यक्रमस्थल बसपार्कमा टोली पुगेका थिए। मुख्यमन्त्री राईले कन्सर्टमा सम्बोधन गर्दै १ नम्बर प्रदेश साँस्कृतिक, धार्मिक, आर्थिकलगायात विभिन्न दृष्टिकोणले धनी रहेको बताए।

कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्रले अंग्रेजी भाषाका कारण नेपाली भाषा ओझेलमा परेको भन्दै तीखो व्यङ्ग्य गर्दै उनले यो देशका हरेक नागरिक आफै स्वास्थ्य हुने र मुलुक समृद्घि बन्न नेतामा भर पर्ने भएकाले मुख्यमन्त्री राईलाई त्यसतर्फ सकरात्मक बन्न आग्रह समेत गरे।

प्रतिकृया