• १८ असोज २०८३, आइतबार
  • १२ः५६ राती

मानव अधिकार दिवसको अवसरमा कार्यशाला सम्पन्न

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०५:३३

मंसिर २४ गते भक्तपुर: ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवश-२०२१ को अवसरमा मानव अधिकार संचार प्रतिष्ठान नेपालको आयोजनामा र चाँगुनारायण नगरपालिका भक्तपुरको समन्वयमा नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज संघ संस्थाका प्रतिनिधिहरु सहितको सहभागितामा मानव अधिकार राष्ट्रिय कार्ययोजना र स्थानीय तहमा यसको कार्यान्वयन सम्बन्धि कार्यशाला कार्यक्रम सम्पन्न भयो ।

National Life

कार्यशालामा मानव अधिका राष्ट्रिय कार्ययोजनाको बारेमा छलफल गरि यसको आवश्यकता र औचित्य स्थानीय तहमा कसरी कार्यान्वयन गर्न सकिन्छ र मानव अधिकारका मुलभुत सिद्धान्तहरुलाई लागू गर्न स्थानीय तहले कसरी योजना बनाउँनु पर्छ भन्ने विषयमा रहेर मानव अधिकारकर्मी मीना शर्माले प्रस्तुतिकरण गर्नु भएको थियो ।


प्रस्तुतिकरण प्रश्चात नागरिक समाज संघ संस्थाहरुको तर्फबाट विचार राख्दै सहभागीले स्थानीय तहबाट नै मानव अधिकारका मुलभुत पक्षहरुलाई कार्यान्वयन गर्न स्थानीय तहले नागरिक समाज र संघ संस्थाहरु सँगको समन्वयमा ठोस कार्ययोजना तयार पारि लाग्नु गर्नु पर्ने कुरामा जोड दिदैं मानव अधिकार उल्लंघनमा शून्य सहनशीलता अपनाउनु पर्ने विचारहरु व्यक्त भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा सभाध्यक्ष समेत रहनु भएका नगर प्रमुख सोम प्रसाद मिश्रले मानव अधिकार दिवशको शुभकामना व्यक्त गर्दै मानव अधिकार सुनिश्चित गर्न नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने र नागरिक समाज संघ संस्थाहरु सँग सदैव हातेमालो गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको र नगरपालिका बाट हुने सार्वजनिक सेवा प्रवाहको क्रममा हुन सक्ने कमि कमजोरीहरु औंलाई दिएर आवश्यक राय सुझाव सल्लाहहरु दिन समेत नागरिक समाजलाई अनुरोध गर्दै मानव अधिकार राष्ट्रिय कार्ययोजना स्थानीय तहमा यसको कार्यान्वयन गर्न ठोस कार्ययोजना तयार पार्न नगरपालिका बाट विधायन समितिका सदस्य सपना तामाङ्को संयोजकत्वमा ५ सदस्यीय सरुना परियार विधायन समिति , आशा माझी नगरपालिका कर्मचारी, रामभक्त सुवाल भक्तपुर बार र पहलमान श्रेष्ठ गैसस भक्तपुर बाट प्रतिनिधित्व रहने गरि कार्यदल समेत गठ्न भएको थियो ।

प्रतिकृया