• १८ असोज २०८३, आइतबार
  • १२ः२५ राती

धर्मनीरपेक्ष ठिक होइनः सशांक कोइराला

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०५:४०

२४ मंसिर, २०७८ काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले धर्मको मुद्दा उठाएका छन् । उनले काँग्रेसको १४औं महाधिवेशन उदघाटनमा बोल्दै धर्मको मुद्दा उठाएका हुन् ।

National Life

‘धर्मनीरपेक्ष शब्द ठिक होइन, महामन्त्री कोइरालाले भने,‘धर्म सापेक्ष र निरपेक्ष हुँदैन । धार्मिक स्वतन्त्रता हुन्छ ।’ उनले संविधानमा त्रुटी रहेको भन्दै परिवर्तन गर्दै जानुपर्ने बताए ।


कोइरालाले भने,‘संविधान लकिरको फकिर हुँदैन, परिवर्तन हुँदै जान्छ ।’ कोइरालाले धर्मको मुद्दा पार्टीको महाधिवेशनको सुरुमै उठाउनुलाई अर्थपूर्ण मानिएको छ । देशमा हिन्दुराष्ट्रको मुद्दा उठिरहँदा काँग्रेस महामन्त्री कोइरालाको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया