• ४ साउन २०८३, सोमबार
  • ९:५८ बेलुका

द्वन्द्वपीडितलाई चाँडै न्याय दिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०१:२९

२४ मंसिर २०७८, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको बताए ।


‘सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन जरुरी छ, हामी न्याय दिन तयार छौँ’, प्रधानमन्त्री देउवाले भने, ‘पीडितका परिवारलाई न्याय दिनेछौँ, त्यसका लागि के गर्न सकिन्छ त्यो गर्नेछौँ ।’

Kamana Sewa

उनले मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने कार्यमा सरकार लागिपरेको र मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिका अपराधका दोषीलाई कारबाही गर्ने काम भइरहेको बताए ।

Classic Tech Desktop

प्रधानमन्त्री देउवाले आयोगले स्थापनाकालदेखि नै मानवअधिकारको संरक्षण र संवर्द्धन गर्ने कार्य गर्दै आएको र नेपाल सरकारले आयोगलाई आवश्यक पर्ने बजेट लगायतका सहयोग गर्ने गरेको बताए ।


आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको सम्मान, संरक्षण, संवद्र्धन र परिपूर्ति राज्यको कुनै एक निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले त्यसका लागि सरकार, संवैधानिक आयोग, नागरिक समाज सबैको सहकार्यबाट मात्र सम्भव हुने बताए ।


‘असमानता हटाऔँ, मानवअधिकारको सम्मान गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि आज मानवअधिकार दिवस मनाइँदैछ ।

प्रतिकृया