• ४ साउन २०८३, सोमबार
  • ३:२४ बिहान

कांग्रेस नेताहरु बोहोराटारमा, पौडेललाई सभापतिको उम्मेदवार बनाउने तयारी

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०१:४३

२४ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूह केही दिनदेखि सभापतिको साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको भएपनि नेताहरुको अडानका कारण महाधिबेशनको उद्घाटनको दिनसम्म पनि असफल भएको छ । आज नेता पौडेललाई भेट्न कांग्रेसमा नेताहरु बोहोराटार पुगेका छन् ।


कांग्रेसका नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका छन् । लगातारको बैठकमा सहमति जुट्न नसकेपनि निराश भइ राजनीति बाटै सन्यास लिने अभिव्यक्ति दिएका नेता पौडेललाई भेट्न नेताहरु बोहोराटार पुगेका हुन् ।

Kamana Sewa

मनोनयन दर्ता गर्ने समय भोलिका लागि तोकिएको सन्दर्भमा अब पौडेललाई नै सभापतिको उम्मेदवार बनाएर अघि बढ्नेबारे बोहोराटारमा छलफल भइरहेको एक नेताले बताए । ती नेताका अनुसार शुक्रबार बिहान पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो भने बैठकमा अरुको नाममा सहमति हुन नसकेको सन्दर्भमा पौडेललाई नै स्वीकारेर अघि बढ्ने विषयमा निर्णय भएको छ।

Classic Tech Desktop

सोही निर्णयअनुसार नेताहरु पौडेल निवासमा पुगेका हुन् । अझै पनि प्रकाशमान र शेखरले सभापतिमा दावी छाडेका छैनन् भने अब केन्द्रीय नेताहरुको हस्तक्षेप मै उम्मेदवार टुंगो लगाइने भएको ती नेताको भनाइ छ ।


सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा।शेखर कोइरालाले आफ्नो दाबेदारी नछाडेपछि सहमति जुट्न नसकेको हो ।

प्रतिकृया