• २० असोज २०८३, मंगलबार
  • ४ः१२ बिहान

लुम्बिनी विकास बैंकको एकैदिन ५ शाखा विस्तार

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०५:०६

२० मंसिर २०७८, काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले एकैदिन ५ शाखा विस्तार गरेको छ । बैंकले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुयाउने उद्घेश्यले मंसिर १९ गते देखि थप पाँच शाखाहरुको संचालनमा ल्याएको हो ।

National Life

नयाँ शाखाहरुमा ७३औँ शाखाको रुपमा काठमाडौं महानगरपालिका वडा नं. ०६ नयाँ बानेश्वर चोक स्थित नयाँ बानेश्वर शाखा काठमाडौं, ७४औँ शाखाको रुपमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा–५ स्थित मणिग्राम शाखा रुपन्देही, ७५औँ शाखाको रुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका–४,बर्दघाट शाखा नवलपरासी, ७६औँ शाखाको रुपमा दाङ्ग जिल्ला घोराहीउप– महानगरपालिका–१५ बि।पि।चोक स्थित घोराही शाखा दाङ्ग र ७७औँ शाखाको रुपमा बाँके जिल्ला कोहलपुर नगरपालिका–११ साझाचोक स्थित कोहलपुर शाखा रहेका छन् ।


बैंकको नयाँ बानेश्वर शाखाको उद्घाटन बिकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा गरेका हुन् । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाकाउप– प्रमुख माया देवि पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्त रुपमा गरे । मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सयुंक्त रुपमा गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, घोराही शाखाको उद्घाटन घोराहीउप – महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गरे । साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिजालले सयुंक्त रुपमा गरे ।


हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ ।

प्रतिकृया