• २० असोज २०८३, मंगलबार
  • ३ः०४ राती

नेपाल बैंकको पनौतीमा वित्तीय साक्षरता कार्यक्रम

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०५:००

२० मंसिर २०७८, काठमाडौं : नेपाल बैंकले आयोजनामा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १० मा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक खोपासी शाखाकोे सहकार्यमा हिमालय मा।वि खोपासीमा आयोजित कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले गरेका थिए ।

National Life

कार्यक्रममा उनले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको स्मरण गर्दै यस क्षेत्रका बासिन्दाहरुलाई डिजिटल वित्तीय चेतना अभिवृद्धि गर्न डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिए।


कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले खोपासी क्षेत्रलाई प्राथमिकतामा राखि कार्यक्रमहरु सञ्चालन गरिरहेको उल्लेख गर्दै बैंकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय बैकिङ्ग सेवा उपलब्ध गराइरहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया