• १७ असोज २०८३, शनिबार
  • ९ः१८ बिहान

कफी व्यापार अझै घाटामा

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०९:४६

मंसिर २०, २०७८ काठमाडौं : निर्यात बढे पनि आयात पनि बढेका कारण कफीको व्यापारमा नेपाल घाटामा नै छ । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले एक वर्षको अवधिमा मुलुकमा उत्पादित कफीको निर्यात झण्डै दोब्बर भएको छ । सँगसँगै आयात पनि बढ्दो क्रममा छ ।

National Life

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६-०७७ मा ५ करोड ७७ लाख रुपैयाँबराबरको कफी निर्यात भएकोमा आव २०७७-०७८ मा ९ करोड ६० लाख रुपैयाँ पुगेको छ । आव २०७५-०७६ मा ९ करोड ९६ लाख १६ हजार रुपैयाँको कफी निर्यात भएको थियो ।


यसैगरी, आव २०७६-०७७ मा ११ करोड ८८ लाख ४९ हजार रुपैयाँको कफी आयात भएकोमा २०७७-०७८ मा १० करोड ६७ लाख २१ हजार रुपैयाँको आयात भएको विभागले जनाएको छ । आव २०७५-०७६ मा ९ करोड ८० लाख १४ हजार रुपैयाँको कफी आयात भएको थियो ।नेपालबाट अस्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इटलीलगायत मुलुकहरुमा कफी निर्यात हुने गरेको छ । कतार, जापान, कोरिया, अमेरिका, सिंगापुर, थाइल्यान्डजस्ता मुलुकहरुमा पनि नेपाली कफी जाने गरेको छ । कोभिड संकटको बेलामा पनि नेपालमा कफीको निर्यात खासै नघटेको देखिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बोर्डका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा मुलुकभर ३ हजार १ सय ४ टन कफी उत्पादन भएको छ । देशभर ३१ हजार ३ सय ४० कफी कृषक छन् भने ३ हजार ५३ हेक्टर क्षेत्रफलमा कफीका बिरुवा रोपिएको बोर्डको तथ्यांक छ । नेपालमा उत्पादन हुने कफीको २५ प्रतिशत निर्यात हुँदै आएको छ । नेपालका ४० जिल्लामा कफीको उत्पादन हुँदै आएको छ ।

प्रतिकृया