• २१ असोज २०८३, बुधबार
  • ६ः४७ बिहान

राष्ट्रियता बलियो बनाउन विभेद अन्त्य हुनपर्छ : जसपा नेता अधिकारी

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०२:५४

१५ मंसिर २०७८, काठमाडौं : जसपा नेपालका नेता प्रकाश अधिकारीले राष्ट्रियता बलियो बनाउन सवै प्रकारका विभेद अन्त्य हुनपर्नेमा जोड दिएका छन् । राप्रपा नेपालको एकता महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले विभेदहरुको अन्त्य नभएसम्म देशको विकास हुन नसक्ने बताए ।

National Life

अधिकारीले देशमा जातीय, क्षेत्रीय, लैंगिक विभेदका मुद्दा उठिरहेको चर्चा गर्दै यस्ता विभेदले राष्ट्रियतालाई कमजोर बनाउने प्रस्ट पारे । राष्ट्रियता बलियो बनाउनका लागि यस्ता विभेद अन्त्य हुनुपर्नेमा जोड दिए । त्यस्तै, उनले संविधानमा व्यापक संशोधनको आवश्यकता औंल्याएका छन् ।


राप्रपाको जारी महाधिवेशनले यस्ता विभेद, समाजमा आवश्यक आमुल परिवर्तनका दिशामा आफूलाई अघि बढाउन सकोस् भन्ने कामना पनि उनले गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया