• २० असोज २०८३, मंगलबार
  • ११ः३४ राती

एनआरएनए यूकेमा प्रवक्ता सहित ५ जना कार्यसमिती सदस्य मनोनित

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ११:१५

१५ मंसिर २०७८, काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नव निर्वाचित कार्यसमितीले संघको विधान अनुसार कार्य समितीमा एक प्रवक्ता सहित ५ जना कार्यसमिती सदस्यहरु मनोनित गरेको छ ।

National Life

कार्य समितीले गत अक्टोबरमा भरतमणी चोङवाङ लिम्बुलाई प्रबक्तामा मनोनित गरेको थियो भने आवेश राई र श्याम लुईटेललाई सदस्यमा मनोनित गरेको थियो । त्यस्तै, यहि नोभेम्बर २० मा बसेको कार्य समितीको पुर्ण बैठकले थप ३ जनालाई कार्य समितीको सदस्यमा मनोनित गरेपछि कार्य समितीले पुर्णता पाएको छ । कार्य समितीको बैठकले तमुधिं युकेका अध्यक्ष तथा बरिष्ठ समाजसेवी हितकाजी गुरुङ, क्षमता ढकाल तथा र ग्याञ्जु शेर्पालाई उनीहरुले नेपाली समाजमा पुर्याएका योगदान तथा एनआरएनए अभियानमा निरन्तर संलग्नताको उच्च मुल्याङ्कन गर्दै मनोनित गरेको हो ।


यस अगाडी प्रबक्तामा मनोनित भरतमणी चोङवाङ लिम्बु बेलायतमा एक सफल ब्यावसायी तथा पुर्व गोर्खा हुन । त्यसैगरी अर्का शदस्य आवेश राई सुचना प्रबिधी विज्ञ तथा चार्टर एकाउन्टेन्ट समेत हुन भने लुईटेल पत्रकारीता क्षेत्रमा कृयासिल छन् । यस्तै, क्षमता ढकाल ट्यारोटका कार्ड रिडर, फिल्म प्रोड्युसर, विश्व ह्रिन्दु महासंघको सदस्य र समाजसेवी पनि हुन् भने कार्य समितीमा मनोनित सदस्य श्याम लुईटेलको सपथ ग्रहण बाँकी नै रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गत अगष्टमा नया कार्य समिती निर्वाचित भएर आए पछि समितीले कार्य समितीमा मनोनित गर्ने कार्यका अलावा १८ ओटा विभागहरु त्था टास्कफोर्सहरु गठन गरी कार्यक्षेत्रमा परिचालित भएको गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी गराएका छन् ।

प्रतिकृया