• २० असोज २०८३, मंगलबार
  • १०ः५२ राती

कांग्रेसको रसुवा सभापतिमा संस्थापन समूहका पेम्बाछिरिङ दोहोरिए

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार १०:५५

१५ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको रसुवा जिल्ला सभापतिमा पेम्बाछिरिङ तामाङ सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट तामाङ सभापति पदमा पुनः दोहोरिएका हुन् ।

National Life

१४औं महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनबाट सभापतिसहित कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ चयन भएका छन् भने सचिवमा उत्तम थापा र लक्ष्मण देवकोटा सर्वसम्मत भएका हुन । त्यस्तै दुई सहसचिव पदमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ चयन भएका छन् ।


निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सांसद मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौदी तामाङ, मंगले तामाङ, उपेन्द्र लम्साल, केदार प्रसाद देवकोटा (कुमार), राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ चयन भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै चन्द्रकुमारी पनेरु, सार्कीबुट्टी तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सीता तामाङ, शशी अधिकारी, सरला देवकोटा, नुर्बूसाङ्बो घले र अनिल भुषाल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।


त्यस्तै प्रदेश सभाअन्तर्गत दुई वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया