• १९ असोज २०८३, सोमबार
  • १ः३४ दिउँसो

राप्रपाको आजदेखि एकता महाधिवेशन शुरू

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०८:१५

१५ मंसिर २०७८ , काठमाडौं : हिन्दूराज्य र राजसंस्थाको पक्षमा उभिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को आजदेखि राजधानीको भृकुटीमण्डपमा एकता महाधिवेशन शुरू हुँदै छ । ४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय नेतृत्व छनोट हुने राप्रपाको यो अधिवेशनमा नेतृत्व दाबी गर्दै वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रिएका छन् ।

National Life

एकता महाधिवेशनबाट पुनः नेतृत्व लिन खोजेका अध्यक्ष थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्दलगायत प्रभावशाली नेताको साथ रहेको छ भने लिङ्देनलाई डा प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा जस्ता वरिष्ठ नेताहरूको साथ रहेको छ ।


०७५ सालमा लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा राष्ट्रवादी र राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिक एकीकृत भई राप्रपा संयुक्त गठन भएको थियो । ०७६ साल फागुनमा कमल थापाले नेतृत्व गरेको राप्रपा र राप्रपा संयुक्तबीच पार्टीमा तीन जना अध्यक्ष रहने गरी एकता भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

महाधिवेशन शुरु भएसँगै नेतृत्वका दाबेदारहरू आफ्नो मतको जोड–घटाउमा लागेका छन् । गत बिहीबार पुरानो नेताबाट पार्टी अघि बढ्न नसक्ने भन्दै लिङ्देनले अध्यक्षको उम्मेदवारी घोषणा गरेपछि दुई दिनअघि अध्यक्ष थापाले पनि पुनः नेतृत्व दाबी गर्दै अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको थियो । दुवै नेताले पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेपछि शक्ति कसको बढी छ भन्नेमा आम चासो बढ्न थालेको छ ।

राप्रपाभित्र थापा र राणाकै पकड रहेकाले कमल थापाले नै जित्ने सम्भावना बढेको राप्रपा नेताहरू बताउँछन् । सात प्रदेशमध्ये पाँच प्रदेशमा थापा पक्षकै नेतृत्व रहेको बताइएको छ ।

प्रतिकृया